काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वको बाढीपहिरोग्रस्त क्षेत्र प्रस्थान गरेका छन्। उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री पूर्व जाने भएपछि समाजवादी मोर्चा घोषणा पनि एक घन्टालाई सरेको छ। तीन बजेलाई तय भएको घोषणा कार्यक्रम ४ बजेलाई सारिएको हो।
मनसुनको आरम्भवमा पूर्वी पहाड बाढी, पहिराको चपेटमा परेको छ। अहिलेसम्म ४ जनाको मृत्यु र २८ जना बेपत्ता रहेको प्रहरीले बताएको छ।