November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चुनावी तयारीलाई मध्यनजर गर्दै १ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका

3.3K

काठमाडौं- नेपाल प्रहरीले चुनावी तयारीलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरेको छ। कार्य तथा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु गरेको हो।

आगामी बैसाख १७ र २७ गते गरी दुई चरणमा हुने भएको चुनावलाई मध्यजनर गरेर प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउने काम सुरु गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुवँरले नेपाल लाइभलाई जानकारी दिए।

चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको छ।

Advertisement

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हुने सुरक्षा चुनौती, विप्लव प्रभावित क्षेत्रहरुको पहिचान र वर्गीकरणलगायतका काम पनि सुरु गरिएको हेडक्वार्टरले जनाएको छ।

नेकपा फुट र प्रतिबन्धित विप्लव नेकपा चुनावी सुरक्षाका लागि मुख्य चुनौती देखिएको प्रहरीले विश्लेषण गरेको छ।