November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधिसभा विघटनका मुद्दाको सुनुवाइ पुस २९ गते हुने

2.5K

काठमाडौं- प्रतिनिधिसभा विघटनको मुद्दामा अर्को सुनुवाई पुस २९ गते हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा पुस २२ गते भएको सुनुवाइ पूरा नभएपछि पछि अर्को सुनुवाई २९ गतेका लागि तोकिएको हो। 

पुस २९ मा हुने सुनुवाइका लागि नयाँ संवैधानिक इजलास गठनसमेत हुने भएको छ। न्यायाधीध हरिकृष्ण कार्कीले संवैधानिक इजलासबाट बाहिरिएको घोषणा गरेपछि नयाँ संवैधानिक इजलास गठन हुने भएको हो।

सर्वोच्चको संवैधानिक इजलासमा भएको बहसका क्रममा न्यायाधीश कार्कीमाथि वरिष्ठ अधिवक्ताहरू दिने त्रिपाठी र शम्भु थापाले प्रश्न उठाएपछि कार्कीले संवैधानिक इजलासबाट अलग गराएको घोषणा गरेका हुन्।

Advertisement