March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

एनआरएनए मा महिलाहरुलाई मतदाताको रुपमा मात्र प्रयोग गरियो: डा. जगन कार्की

1.8K

लण्डन: नेपाल पत्रकार महासंघ यूकेका सचिव डा. जगन कार्कीले गैर–आवासीय नेपाली संघ (एनआरएनए)मा मतदान अधिकारको कमीले महिलाहरुले एनआरएनएको नेतृत्व तहमा हस्तक्षेप गर्न नसकेको बताएका छन् ।

नेपाल मामिला डटकमले आयोजना गरेको (एनआरएनएमा महिला नेतृत्वः अनुभव, चुनौति र सम्भावनाहरु)को दोश्रो श्रृङखलाको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कार्कीले एनआरएनएमा महिलाहरुलाई मतदाताको रुपमा मात्र सिमित गरिएकाले नेतृत्व तहमा महिलाहरु पुग्न नसकेको बताए । त्यसैगरि एनआरएनएमा हुने गरेको दलीय राजनितिका लागि नेपालका दलहरूको दोष नभएर एनआरएनएकै असक्षम नेतृत्वका कारण भएको बताए ।


साथै डा. कार्कीले नेतृत्वदायी भूमिकालाइ मजबुद बनाए मात्र एनआरएनएको नेतृत्व तहमा महिलाहरुले सहभागिता जनाउन सक्ने भन्दै एनआरएनएमा महिलाहरुको नेतृत्व स्थापित गर्न (एनसीसी) देखी नै महिलाहरुको संख्या अनिवार्य रुपमा बढाउन एनआरएनएको नीति सुधार्नु पर्ने बताए । डा. कार्कीले कार्यक्रममा एनआरएनएको आइसीसीमा गएको तीन वटा कार्यकालमा महिला सदस्यहरुको संख्याको खोजमुलक तथ्याङ्क पेश गरे । उनले बिशेष गरी कार्यकाल १५–१७ मा ७ प्रतिशत, १७–१९ मा ११ प्रतिशत र वर्तमान कार्यकालमा केवल १४ प्रतिशत मात्रै महिलाहरु भएको प्रमाणहरु प्रस्तुत गरे । उनले एनआरएनए यस्तो हुनुमा पितृसतात्मक सामाजिक अभ्यास र यसले निर्माण गरेको सोच, जीवनपद्धति र नीतिनियम भएको ठहर गरे ।

Advertisement