काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे र १ मिनेटमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोल्ने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।
प्रतिनिधि सभामा पनि नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। प्रतिनिधि सभाको बैठक पनि आज बिहान ११ बजे बस्दैछ।