February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

प्रतिनिधि सभाको बैठक बस्दै, ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने

1.5K

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बस्नेछ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ।
त्यसका लागि प्रधानमन्त्रीले संसदमा प्रस्ताव प्रस्तुत गर्नेछन्।

शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका थिए। 

Advertisement

आजको संसद बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त  हुने संसोधन प्रस्तावबारे पनि छलफल हुने कार्यसूची छ। 

आजको बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। ओलीको सचिवालयका अनुसार ओलीले सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेका हुन् ।

ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए। यस प्रकरणबारे सदनमा तथ्यसहित प्रस्तुत हुने उनले बताएका थिए।

तर, स्वास्थ्य अनुकूल नभएपछि त्यसदिन संसदमा उपस्थित हुन नसकेको उनले सामाजिक संजालबाट जानकारी दिएका थिए।