February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

संघीय संसदको संयुक्त बैठक बस्दै

2.5K

काठमाडौं । संघीय संसदको संयुक्त बैठक बस्दै छ। आज अपराह्न ४ बजे संयुक्त बैठक बस्न लागेको हो।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै छन्।  उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

यसअघि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने कि राष्ट्रपतिले पढ्ने भन्ने अन्योल थियो। बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा पठाउँदै राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने जानकारी दिएको थियो।
 
राष्ट्रपति चयन भएपछि सङ्घीय संसदमा पौडेलेले पहिलो सम्बोधन गर्न लागेका हुन्।  

Advertisement