February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश

1.1K

काठमाडौँ । संवैधानिक परिषदले सर्वोच्च अदालतका कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

अध्यादेशले खारेज गरेको संवैधानिक परिषदसम्बन्धी कानूनका केही प्रावधान नब्यूँतिएपनि परिषदका सबै पदाधिकारीहरुले सर्वसम्मत रुपमा कार्कीको नाम सिफारिस गरेका हुन् । परिषदको सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषद बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

सर्वोच्च अदालत १५ महिनादेखि कायम मुकायमको नेतृत्वमा थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बने । उमेर हदका कारण उनले पनि अवकास पाएपछि ५ भदौमा कार्की कामु प्रधानन्यायाधीश भए ।

Advertisement