November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्नेमा कांग्रेस नेता पौडेलको जोड

2K

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन्। जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनितिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन्।

कार्यक्रममा सरकारले गरेको प्रतिनिधि सभाको विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने तर पुनर्स्थापनाको बाटोमा जान चाहीँ किन हिच्किचाउने भन्दै नेता पौडेलले मोही माग्ने ढुंग्रो लुकाउने काम बन्द गर्नुपर्ने उल्लेख गरे।

‘संविधानका धाराका विषयमा अदालतमा गएर बहस गर्न तयार छौं। संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई छैन‚’ संविधानमा विघटनको स्थान नै नराखिएको बताउँदै नेता पौडेलले भने‚ ‘संविधानमा विघटनको ठाउँ राखिएकै छैन। हामी अदालतलाई सम्मान गर्छौं।’

Advertisement