काठमाडौं– नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार नमान्ने सबैलाई एक/एक गरी सिद्ध्याउने बताएका छन्।
जनता समाजवादी पार्टीले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालले भने, ‘सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्। विरोध गर्ने अरुलाई पनि सिध्याउँदै जानुहुन्छ।’
संघीयता, गणतन्त्र मन नपरेका ओलीलाई सत्ता सञ्चालन गर्ने परिस्थिति बनेको उनले बताए।