काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकप) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले पार्टी एकताका बाँकी काम पूरा गर्न गृहकार्य समिति गठन गरेको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठनको एकीकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधव नेपालको नेतृत्वमा १२ सदस्यीय गृहकार्य टोली गठन गरेको हो ।
उक्त टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेका छन् ।
उक्त टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारे तथा पार्टी संगठनको एकीकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिनभित्र सुझाव दिएर कार्यान्वयनको प्रक्रियामा लगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।