November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सहिद लाजेहाङको शवयात्रामा प्रहरीद्वारा अवरोध पुर्याएकोमा झडप

3.3K

मोरङ । विराटनगरमा सहिद पदम सुक्वावा लिम्बू (लाजेहाङ)को शवयात्रामा प्रहरीद्वारा अवरोध पुर्याएकोमा झडप भएको छ ।

पहिचानको आधारमा प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनमा रहँदा चैत्र ५ गते पदम लिम्बूको घाइते भई चैत्र १० गते निधन भएको थियो ।

प्रदेशको नाम कोशी खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शवलाई विराटनगरको रोडशेषमा श्रद्धाञ्जली अर्पण गर्ने पूर्वानिर्धारित कार्यक्रम रहेको थियो ।

Advertisement

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरान र इटहरीमा श्रद्धाञ्जली अर्पण गरी विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रमलाई अवरोध पुर्याएकोले झडप भएको थियो । झडपमा कैयौं राउण्ड अश्रुग्याँस प्रहार भएको थियो ।