काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । शुक्रबार राति साढे ९ बजे गोली चल्दा पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।
प्रहरीका अनुसार भीआईपी सुरक्षामा खटिएका एक सदस्यले गोली चलाएका हुन् । गोली चलाउनेलाई प्रहरीले राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।