November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संगठित रुपमा एकता अभियान बढाउने तयारीमा वामदेव गाैतम

2.7K

काठमाडौँ – पार्टी एकता जीवितै राख्न वामदेव गौतमले संगठित रुपमै एकता अभियान बढाउने तयारी थालेका छन्। 

यो अभियान चलाउन प्राविधिक कामको तीव्र तयारी पारिएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए। ‘अवधारणा पत्रहरू पनि पनि छाप्ने काम भइरहेको छ,’ उनले भने,  ‘उहाँले (वामदेव) एकता अभियानका लागि देशभरबाट जोड्न आग्रह गरिराख्नुएकाे छ।’

यस अभियानमा जोडिने हजारौँ कार्यकर्ता आइरहेका पनि उनले बताए। ‘पार्टी एकताका लागि एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटी निर्माण हुन्छ,’ उनले बताए। पार्टी एकताका लागि देशव्यापी रुपमा तयारी गरेर केही दिनमै कार्यक्रम घोषणा हुने उनले बताए। 

Advertisement