काठमाडौँ – पूर्वप्रधानमन्त्री माधब कुमार नेपालले पार्टीभित्रको समस्याको मुल जड प्रधानमन्त्री केपी शर्मा ओलीको भएको आरोप लगाउनु भएको छ । नेकपा प्रवास कमिटीद्वारा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले साे आरोप लगाउनु भएकाे हाे ।
२०५१ सालमै ओलीले पर्टीकाे नामबाट ‘कम्युनिष्ट’ शब्द हटाउन प्रस्ताव गरेकाे र आफूले नमानेकाे नेता नेपालले बताउनुभयाे । ‘ प्रधानमन्त्री ओलीले २०५१ सालमै पार्टीको नामबाट कम्युनिष्ट शब्द हटाउन प्रस्ताव गर्नुभएकाे थियाे तर मैले मानिन,’ उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीले विधि-नीति केही मान्न तयार हुनुहुन्न, व्यक्तिवादी सोचले ग्रस्त हुनुहुन्छ, सामान्ती र निरङ्कुश चिन्तनले ग्रस्त हुनुहन्छ ।’
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आफूलाई पार्टीभन्दा माथि ठान्नु हुन्छ, यतिसम्म कि आफूलाई ‘सुपरम्यान’ सम्झनु हुन्छ ।’ नेता नेपालले प्रधानमन्त्री ओली जनतासँग नजिक हुन नचाहने बताउनुभयो । ‘प्रधानमन्त्री जनता र जनताकाे विचारसँग रमाउन चाहनुहुन्न’, उहाँले भन्नुभयो, ‘अहिले कोरोनाले अलि ठिक भयो, हात मिलाउनु खोज्दा पर परै भाग्नुहुन्छ, सहकर्मीसँग हात मिलाए पो भावनात्मकरूपले नजिक भइन्छ ।’
०५१ सालमा पाल्पामा भएको राष्ट्रीय परिषद बैठकबाट प्रधानमन्त्री ओलीले गुटको राजनीति थालेको स्मरण गर्दै भन्नुभयो, ‘सत्ताको मात गुलियो र धनको लालचमा रम्नेहरू नै गुटमा बसेका छन्, मन पर्नेले भ्रष्टाचार त के जे गरे नि ठिक, मन नपरेकाले राम्रै गरेपनि बेठिक ।’
प्रधानमन्त्री ओली गुटका व्यक्तिहरू भ्रष्टाचारको दलदलमा फसेकाे बताउनुभयाे ।