November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

श्रीमती सीताको उपचारका लागि प्रचण्ड मुम्बईतर्फ

3.6K

काठमाडौं: पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत गएका छन् । पत्नी सीताको उपचारका लागि प्रचण्ड सोमबार बिहान साढे ११ बजे दिल्ली गएका हुन्। सीताको उपचार मुम्बईस्थित न्युरोजिन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा हुने छ। काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले प्रचण्डको परिवार दिल्ली भएर मुम्बई जाने भएका हुन्।

यसअघि आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएका थिए ।

सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेको स्रोतले बतायो।

Advertisement

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।