January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

कांग्रेसद्वारा संसद् विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा

2K

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

Advertisement

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

यसअघि कांग्रेसले गत पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।