June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, आजै शितलनिवास छोड्ने तयारी

२०७९ फाल्गुन २८

1.5K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी भण्डारी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित थिइन् । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो ।

राष्ट्रपनि भण्डारीको सचिवालयका अनुसार आजै शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको छ ।

नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । उनको शपथ ग्रहण सोमबार हुँदैछ ।

Advertisement