November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

खुमलटारमा मात्रै पार्टी फुटाउन २८० वटा बैठक बसेको प्रधानमन्त्री ओलीको दाबी

2.2K

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गएको वैशाख १३ देखि पुस ४ गतेसम्म खुमलटारमा मात्रै पार्टी फुटाउन २८० वटा बैठक बसेको दाबी गरेका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै उनले आफूले आइतबार बिहान मात्रै रेकर्ड हेर्दा सो तथ्यांक पाएको बताए।

‘३५ वटा बैठक बाहिर बसेका रहेछन्। कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेज, कहिले अगेनाको डिल अर्याल, कहिले कसको घर त कहिले कसको घर’, उनले भने।

Advertisement

उनले यसरी बसेका जम्मा ३१५ वटा बैठक नेतृत्वलाई खुइल्याउने र सरकारलाई बदनाम गराउनेमा केन्द्रित भएको आरोप लगाए। 

‘खुद्रा मसिना बैठकको हिसाब छैन’, उनले भने।