June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राष्ट्रपति चयनका लागि मतदान जारी

२०७९ फाल्गुन २५

1.2K

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा सुरु मतदान जारी छ ।

निर्वाचनमा काँग्रेका रामचन्द्र पौडेल एमालेका सुवासचन्द्र नेम्बाङबीच प्रतिस्पर्धा हुँदै छ । काँग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्बाङलाई आफ्नो पार्टीको मात्रै भर छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने जनाइएको छ ।

Advertisement

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ । निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४ सय ५० छ ।