काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
रास्वपाले यसबारे पत्रकार सम्मेलन गरि जानकारी दिइरहेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमन्त्रालय आफूहरुले पाउनुपर्ने भन्दै घरी बालकोट घरी बालुवाटार धाइरहेका थिए । आजै विहान पनि प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई केहि गर्न नसक्ने बताएपछि रिसाएर निस्किएका उनले पत्रकार सम्मेलन गर्ने जानकारी दिएका थिए ।