November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधिसभा विघटन उपलब्धिमाथिको कुठाराघात

3.3K

काठमाडौं–रुपन्देहीका १०१ जना लेखक, साहित्यकारहरुले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षाविपरीत रहेको जनाएका छन्।

शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले राजनीतिक संकटको बहानामा बहुमतको सरकारले प्रतिनिधि सभा भंग गर्नु जनताको  संघर्ष, बलिदान र उपलब्धिमाथिको कुठाराघात रहेको उल्लेख गर्दै यसप्रति गम्भीर खेद प्रकट गरेका छन्।

राजनीतिक उतारचढावका कारण सिर्जित समस्यालाई  संविधानको दायरामा रहेर समाधान गर्न सकिने उल्लेख गर्दै उनीहरुले वचन तथा कर्ममा संयम अपनाई गम्भीर र सचेत रहन पनि राजनीतिक दलका नेताहरुलाई अपिल गरेका छन्। 

Advertisement