November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

2.4K

काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

नुल्यान्डले दुईदिने भ्रमणका क्रमाम नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारी लगायतका बृहत एजेन्डाहरुमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

नुल्यान्डले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

Advertisement

नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

तीन दशकभन्दा धेरै समय कुटनीतिक क्षेत्रमा काम गरिसकेका नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।