काठमाडौं। नेपाली क्रिकेटमा पछील्लो समय देखिएको सट्टाबाजी र म्याच फिक्सिङ प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरी (सीआईबी)ले पूर्व क्रिकेटर मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको छ ।
आलम र अन्सारीलाई काठामडौं बाहिर पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।
नेपाल टी २० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको आरोपपछि सीआईबीले अनुसन्धान शुरु गरेको थियो । यो लिग शुरुदेखि नै विवादमा थियो। लिगमा स्पट फिक्सिङको आशङ्का भएपछि सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडीहरू समेतको संलग्नता हुन सक्ने आशङ्का गरिएको थियो ।
गत महिना भएको टी २० लिग सुरुदेखि नै विवादमा परेको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए ।
यस्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलपछिको पत्रकार सम्मेलनमा आफ्नो टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए । सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको छ।