February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरू

2.1K

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ । आफूलाई विश्वासको मत दिने सबै दलहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सभामुख निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ ।

बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल छन् भने नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक छन् । यस्तै एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्लुख खान छन् । यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ पनि आजै लिइसकेका छन् ।