July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक विदा

1.3K

काठमाडौं । सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले शोक बिदा दिनुका साथै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको हो ।

सरकारले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आयोग गठन गरेको गरेको जनाइएको छ ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

Advertisement

यती एयरलाइन्सले दुर्घटना विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

आइतबार दुर्घटनामा परेको जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए ।