January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

प्रचण्ड-नेपालतिर ढल्किने वामदेवको संकेत

1.3K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल पक्षमा ढल्किने संकेत दिएका छन्। शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा नेता गौतमले प्रचण्ड–नेपालतिर उभिन सक्ने बताएका हुन्।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको आधा घण्टा छलफलमा गौतमले त्यस्तो संकेत गरेको उनी निकट एक केन्द्रीय सदस्यले बताए। दुई नेताबीचको छलफल सकारात्मक भएको बताइएको छ। यसअघि प्रचण्डसँगको भेटमा गौतमले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु गलत भएको भन्दै आफू पार्टी एकताकै पक्षमा भएको बताएका थिए।

पार्टी एकता जोगिने स्थिति नभएपछि गौतमले आफ्नो कित्ता स्पष्ट गर्न लागेका हुन्। सुरुदेखि नै  गौतमले संसद विघटनका विषयमा ओलीको निरन्तर आलोचना गर्दै आएका छन्। 

Advertisement