February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

जनताका अपेक्षाअनुसार काँग्रेसले भूमिका खेल्नेछ: शेरबहादुर देउवा

1.1K

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताका अपेक्षाअनुसार काँग्रेसले भूमिका खेल्ने बताए। सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले
यो प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा राखेको उल्लेख गर्दै समृद्धि प्राप्त गर्नु साझा लक्ष्य रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नवगठित प्रतिनिधिसभाबाट जनताले अपेक्षा गरेको बताउँदै काम गर्नका लागि स्पष्ट माध्यम र गन्तव्य हुनुपर्ने बताएका छन् । संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासन विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको देउवाले बताए।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परेपनि काँग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको बताए । ‘म नेपाली काँग्रेसको ईतिहासलाई पनि स्मरण गरिरहेको छु। देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परेपनि काँग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ। यो सुनौलो ईतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिईरहने छ । देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं। म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु शहिदहरुको बलीदान, नेताहरुको प्रेरणा र मार्ग निर्देश र साथीहरुको परिश्रम खेर जान दिईने छैन। हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं। देश र जनताको बृहत्तर हितमा काम गर्ने छौं। यो प्रतिनिधि सभामा नेपाली नेपाली काँग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ।’

Advertisement