June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

कार्यदलले बुझायो साझा न्यूनतम कार्यक्रमको मस्यौदा

1.2K

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूसमक्ष पेस गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारको साझा न्यूनतम कार्यक्रम तयार पार्न गठित समितिका संयोजक एमाले अध्यक्ष केपी ओलीसमक्ष मस्यौदा पेस गरिएको हो ।

बालुवाटारमा सत्ता साझेदार दलहरूको उक्त बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ लगायत नेताहरू उपस्थित थिए ।

सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलले शुक्रबार नै उक्त मस्यौदा तयार पारेको थियो ।शीर्ष नेताहरूले सो मस्यौदा प्रतिवेदन अध्ययन गरेपछि आवश्यक परे परिमार्जन गरी त्यसलाई अनुमोदन गर्ने छन् । उपप्रधान एवं अर्थमन्त्री पौडेलको नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राप्रपाका धवल शमशेर राणा, जसपाका रकम चेमजोङ लगायत छन् ।

Advertisement