November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा संसदीय दलका नेता हटाउन प्रदेश २ मा अविश्वास प्रस्ताव दर्ता

1.9K

काठमाडौं – सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ।

प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। 

प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्।

Advertisement

प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड-माधव पक्षको बहुमत छ। 

‘आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो,’ महतोले भने, ‘आइतबार बैठक बसेर हटाइनेछ।’

प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ।