July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

२०२३ मा भ्रमण गर्नुपर्ने विश्वका २३ स्थानमा नेपालको मुस्ताङ उपत्यका

2.6K

काठमाडाैं ।  सीएनएनले सन् २०२३ मा भ्रमण गर्नुपर्ने विश्वका २३ स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यकालाई पनि राखेको छ । नेपालको मुस्ताङ उपत्यकाबारे परिचय दिदै सीएनएनले घुम्नुपर्ने स्थानमा राखेको हो । 

सीएनएनले भनेको छ – ‘हिमालय र भारत बीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्रसिद्ध नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ।’

पदयात्राका अतिरिक्त मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्ने उल्लेख गर्दै सीएनएनले २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका मानव निर्मित मुस्ताङ गुफाहरू छुटाउन नहुने उल्लेख गरेको छ ।

Advertisement

सीएनएनले भनेको छ – ‘मुस्ताङ उपत्यका पुग्नु साहसिक कार्यको एक हिस्सा हो। यात्रुहरूले राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौंबाट १२ घन्टाको ड्राइभमा सुन्दर दृश्यावलोकन गर्दै जान सकिन्छ ।’