July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने, संसद सचिवालयलाई लेखे पत्र

2.7K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक बसेको भोलिपल्ट दाहालले विश्वासको मत लिन लागेका हुन् ।

आम निर्वाचन २०७९ पछि प्रतिनिधि सभको पहिलो बैठक पुस २५ गते बस्दैछ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई पत्र लेखेर विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

दाहालले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका हुन् । दाहाल पुस १० गते ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

Advertisement

पुस ११ गते दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ गरेका थिए । गठबन्धन सरकारले संसदबाट सरकार गठन भएको १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।