March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

काँग्रेस संसदीय दलको नेता चुन्न मतदान सुरु

995

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेता चुन्न मतदान सुरु भएको छ । केहिबेर अघि संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो ।

यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुनेछ । मतदानमा लागि दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र सहित उपस्थित भइसकेका छन् भने मतदान बिहान १० बजेसम्म चल्नेछ ।

गगन थापालाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेतले साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ दिएका छन् ।

Advertisement

काँग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि ५१ प्रतिशतको बहु मतल्याउनुपर्ने छ ।