February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

काँग्रेस संसदीय दलको नेतामा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने

1.1K

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको हो ।

सोमबार र मंगलबार दुई दिन भएको छलफलबाट गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको छ । बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो।  यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो ।

काँग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।

Advertisement