March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

910

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागिएको जनाइएको छ ।

निर्वाचन परिणामको समीक्षा, संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल गर्न काँग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

काँग्रेसले सरकार गठनका लागि गठबन्धनभित्र शक्ति बाँडफाँट हुनुभन्दा पहिल्यै संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो । आइतबारको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

Advertisement

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाण पत्र दिने कार्यक्रम छ । सांसदहरुले प्रमाणपत्र बुझे लगत्तै काँग्रेसले संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउन लागेको हो ।