April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

आज देशभर कालो दिवस मनाइदै

1.2K

काठमाडौं । आज देशभर कालो दिवस मनाइने भएको छ । । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसको रूपमा मनाइने भएको हो ।

विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरुवात गरेका थिए । यस दिनलाई तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली काँग्रेस र नेपाल तरुणदललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।

पहिलो जननिर्वाचित तत्कालिन प्रधानमन्त्री बिपीलगायतका नेतालाई नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बन्दी बनाइएको थियो ।

Advertisement