November 17, 2025, Monday
२०८२ मंसिर १
1:37:26 pm

इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथले दिए सर्वोच्चमा रिट

1.4K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम-१ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका खनालले निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने माग गरेका छन् । उनले धाँधली गरी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतलाई निर्वाचित गराइएको भन्दै मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

इलाम-१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए ।

Advertisement