November 18, 2025, Tuesday
२०८२ मंसिर २
1:37:26 pm

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

2.2K

काठमाडौं : राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन्। आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

पूर्व प्रदेशमन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए। 

Advertisement

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङेविरुद्ध उम्मेदवारी दिएका थिएनन्।