May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

सत्ता सहकार्यका लागि तयार रहेको देउवालाई ओलीको सन्देश

1.3K

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्यका लागि तयार रहेको सन्देश पठाएका छन् । स्रोतका अनुसार ओलीले काँग्रेसका नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएका हुन् ।

गत आइतबार नेता सिंह ओली भेट्न बालकोट पुगेको स्रोतले जनाएको छ । सिंह र ओलीबीच बधाई साटासाट हुनुका साथै आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।

ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला,’ ओलीको सन्देश थियो । सिंहले ओलीको उक्त सन्देश देउवालाई सुनाइसकेका छन् ।

Advertisement

वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ ।