May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

माओवादी केन्द्रकाे निर्णय: सरकार गठनबारे सबै विकल्प खुला

1.5K

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको गरेको छ। 

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै दलसँग छलफलको ढोका खुला राख्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

‘गठबन्धन छाड्ने निर्णय गरिएको छैन, तर अन्य विकल्प खुला राख्ने निर्णय भएको छ।’ महराले भने, ‘आज प्रारम्भिक समीक्षा भयो, संघमा अपेक्षा गरेजसरी सिट हासिल गर्न सकिएन भन्ने छ, अब सबै परिणाम आएपछि विस्तृतमा समीक्षा हुन्छ।’

Advertisement

गठबन्धन बहुमत तर्फ उन्मुख भइरहँदा माओवादीले अरु दलसँग पनि संवादको ढोका खुलै राख्नुलाई एमालेप्रति ग्रीन सिग्नलका रुपमा लिइएको छ। 

माओवादीका महासचिव देव गुरुङले अपेक्षा अनुसार सिट नआएको विषयमा छलफल प्रवेश गरेको बताए। 

सरकार निर्माणका सन्दर्भमा गठबन्धनकै नेतृत्वलाई प्राथमिकता दिँदै अन्य दलसँग पनि छलफल गर्ने निष्कर्ष निकालिएको उनको भनाई छ। नेता मातृका यादवले पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पुनः बस्नेछ।