मोरङ-नेकपाको दाहाल-नेपाल समूहले प्रदेश- १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ ।
नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल– नेपाल समूहले राईलाई कारबाही गर्दै दलको नेतामा आचार्यलाई चयन गरेको हो ।
संसदीय दल भित्र अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट राईलाई निस्कासन गरी आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको नेता जीवन घिमिरेले जानकारी दिए ।
राईलाई हटाएको जानकारी गराइएको पत्रमा ३६ जनाको हस्ताक्षर छ । यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर थियो ।