March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

975

काठमाडौं : धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँदै रघुवीर विजयी भएका छन्। 

विजयी भएका महासेठले ३२२३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२११२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए। 

Advertisement

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।