धरान । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राई निर्वाचित भएका छन् । राईले राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार ४५३ मतान्तरले राई विजयी भएका हुन् । दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकोमा एमाले र जसपा तालमेलका राईले १७ हजार ५९ मत प्राप्त गरे भने रास्वपाकी तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकि छन् ।
अशोक राई २०४८ र ५१ मा खोटाङ जिल्लाबाट निर्वाचित भएका थिए । उनी तत्कालीन एमालेमा सबैभन्दा बढी मतका साथ केन्द्रीय सदस्य र उपाध्यक्षसमेत भएका थिए । २०६९ मा एमालेसँग बिद्रोग गरि संघीय सनाजवादी पार्टी स्थापना गरि नयाँ शिराबाट राजनीति सुरुवात गरेका राईले २०७० सालको निर्वाचनमा संविधानसभामा प्रतिनिधित्व गरेका थिए भ्णे २०७४ मा पनि संघीय समाजवादी फोरमबाट चुनावमा होमिएका थिए। त्यतिबेला पराजित भएका राईले यसपटक भने नेकपा एमालेको सहयोगमा संसद प्रवेश गरेका हुन् ।