March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

रामेछापबाट काँग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित

1.8K

रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरी तामाङ निर्वाचित बनेका हुन् ।

तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को भारी मतान्तरले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।

रामेछापबाट वाग्मती प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरू निर्वाचित भएका छन् ।

Advertisement