March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

शंकर पोखरेलको गृह जिल्लामा एमाले ‘क्लिन स्वीप’

1.6K

काठमाडौं । कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिव पदलाई शक्तिशाली मानिन्छ । पार्टीका महासचिवलाई भावी नेतृत्वका रूपमा लिइने गरिन्छ ।

तर, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशकै ठूलो कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल भने कमजोर सावित भए ।

पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार थिए । तर, उनले निर्वाचन जित्न सकेनन् । त्यसो त पोखरेल मात्र हारेनन्, उनको जिल्लामा एमाले ‘क्लिन स्वीप’ नै भयो ।

Advertisement

तीन वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा एमालेका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् ।

दाङ–२ बाट उम्मेदवार बनेका पोखरेल पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रेखा शर्मासँग पराजित भए । माओवादीका उम्मेदवार शर्माले एमालेका पोखरलेलाई १९६ मतान्तरले पराजित गरे । शर्माले २६ हजार ८७७ मत ल्याए निर्वाचित हुँदा पोखरेलले २६ हजार ६८१ मत ल्याएर दोस्रो बने ।

दाङ–२ को दुई वटै प्रदेशसभा पनि एमालेका उम्मेदवारले जित हासिल गर्न सकेनन् । दाङ–२ को प्रदेशसभा (१)बाट नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भए । कांग्रेसका खनालसँग एमालेका उम्मेदवार बलिभद्र राना १ हजार १७० मतान्तरले पराजित भए । १५ हजार ६१६ मत पाएर खनाल निर्वाचित हुँदा १४ हजार ४४९ मतसहित राना दोस्रो भए ।