March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित

1.5K

काठमाडौँ — गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी-१ मा जित हात पारेका हुन् । यसअघि  २०७४ सालको निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।

निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ । एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन् । उनले लेखेका छन्, ‘अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ । ‘

Advertisement