November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिकूल राजनीतिक परिस्थितिमा मेलमिलाप थप सान्दर्भिक : प्रकाशमान सिंह

2.1K

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारद्वारा सिर्जित अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा राजनीतिक दलबीच राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता थप टड्कारो देखिएको बताएका छन्।

मेलमिलाप दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै नेता सिंहले यस्तो बताएका हुन्।

संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार भएको उल्लेख गर्दै उनले यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी रहेको बताएका छन्।

Advertisement

नेपाली कांग्रेसका संस्थापक विपी कोइराला र गणेशमान सिंह सबै राजनीतिक शक्ति र जनता मिलेर देश बचाऔं भन्दै मेलमिलापको नीति लिई २०३३ साल पुस १६ गते भारत निर्वासन छोडेर स्वदेश फकिएका थिए।