March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

सातौं पटक निर्वाचित देउवाद्धारा डडेल्धुरावासी प्रति आभार प्रकट

1.1K

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरावाी प्रति आभार प्रकट गरेका छन् । देउवा प्रतिनिधिसभा सदस्यमा सातौं पटक भारी मतान्तरले विजयी भएका हुन् ।

‘अत्यधिक बहुमतसहित मलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराउनु भएकोमा आदरणीय डडेल्धुरावासीहरुमा हार्दिक आभार तथा धन्यवाद ।’, देउवाले फेसबुकमा लेखेका छन् ।

देउवाले १२ हजार ४ सय ९२ मतान्तरले विजयी बनेका हुन् । कुल ५१ हजार २०३ मत खसेकोमा देउवाले २५ हजार ५३४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएका मुख्य निर्वाचनको कार्यालयले जनाएको छ।

Advertisement

२०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए। देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए।