काठमाडौं । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।
यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता खोलेको छ ।
यस्तै सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशतर्फका दुबै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।