March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल विजयी, गठबन्धनकी कल्पना धमला तेस्रो नम्बरमा

1.4K

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाइसमेत दिइसकेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । उनले १० हजार ४९० मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ९ हजार २६५ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमलाले ५ हजार ६४२ मत प्राप्त गरेकी छिन् ।

Advertisement